पोखरामा मिस मगरको प्रशिक्षण सुरु, मातृभाषा सिकाइदै

पाेखरा | साउन २८, २०८१

पोखरामा मिस मगरको प्रशिक्षण सुरु, मातृभाषा सिकाइदै

पोखरा:  हरेक वर्ष आयोजना हुँदैं आएको मिस मगर नेपालको प्रशिक्षण पोखरामा सुरु भएको छ ।

 

एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदैं आएको मिस मगर नेपाल २०२४ को प्रशिक्षण सुरु भएको कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले  जानकारी दिइन् ।

 

उनका अनुसार सातौं संस्करणमा देशका विभिन्न जिल्लाबाट अन्तिम प्रतिस्पर्धाका लागि १२ जना छनौट भएका छन् ।

 

अहिले प्रारम्भिक चरणमा मातृभाषा (मगर ढुट) को प्रशिक्षण भइरहेको उनले बताइन । उनका अनुसार कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका रुद्र श्रीसमगले मगर ढुटको प्रशिक्षण दिइरहेका छन् ।

 

मिस मगरका प्रतिस्पर्धीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास भेषाभूषा, कला संस्कृति लगायतका विभिन्न तालिमहरु पनि प्रदान हुँदैं आएको आयोजकले जनाएको छ ।

 

यसअधि सम्पन्न भएको छैटौं संस्करणमा तनहुँकी विनु रानामगरले मिस मगरको ताज जितेकी थिइन् । 

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्